Section 17
जोखिमपूर्ण पदार्थको व्यवस्थापन
(१) जोखिमपूर्ण पदार्थको व्यवस्थापन गर्ने जिम्मेवारी त्यस्तो जोखिमपूर्ण पदार्थ उत्पादन गर्ने व्यक्ति वा संस्थाको हुनेछ।

(२) जोखिमपूर्ण पदार्थको सङ्कलन, भण्डारण, प्रशोधन, बिक्री वितरण, विसर्जन वा ओसारपसार गर्दा सम्बन्धित व्यक्ति वा संस्थाले जनस्वास्थ्य र वातावरणमा प्रतिकूल असर नपर्ने गरी उचित व्यवस्थापन गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम जोखिमपूर्ण पदार्थको व्यवस्थापन गर्दा सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नै खर्चमा गर्नु पर्नेछ।